काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार कुल मत ४६९७ खसेकोमा महेन्द्रले २३३० मत पाए भने रामकृष्णले १८२० मत ल्याए। यस्तै रञ्जित कर्णले ४७२ मत पाएका थिए भने ७५ मत बदर भएको थियो ।
महेन्द्र यादव सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए ।