यो मुटुमा माया भरिभराउँछ
त्यसैले त छटपटी गराउँछ
चसचस घोची मुटु भित्र–भित्रै
परेली भिजाई आँशु झराउँछ
थाहैछ मान्छेलाई एक दिन मर्ने
तर मृत्यु देखि किन डराउँछ
देह जल्छ चितामा खरानी हुन
आत्मा उडेर खै कता हराउँछ
भो आऊ बस जिन्दगीको डुंगामा
कि त डुबाउँछ कि त तराउँछ