नेप्सेमा उच्च अकंको गिरावट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेप्सेमा उच्च अकंको गिरावट


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन शेयर बजार खुल्ने बित्तिकै उच्च अकंको गिरावट देखिएको छ ।

बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५।३२ अंकले घटेको छ । दोस्रो बजारमा २२२ कम्पनीको शेयर आइतबार कारोबारमा आएका छन् ।

जसमध्ये १७९ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा आएका १२ मध्ये सबै उपसमूह राताम्मे भएका छन् । यसमा पनि जीवन बिमा र निर्जिवन बिमा उपसमूहमा उच्च अकंको गिरवट देखिएको छ ।

ङ्यादी हाइड्रो पावर, बोटलर्स नेपाल तराई, र एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य बढेका छन् भने सिभिल लघुवित्तको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ । यस्तै सबैको र ग्लोबल आईएमई लघुवित्त र सिन्त्रु बिकास बैंकको शेयर पनि घटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस