कक्षा १२ को परीक्षाफल प्रकाशित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कक्षा १२ को परीक्षाफल प्रकाशित


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आज (शुक्रबार) बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिस्टममा अपलोड हुँदै छ, केही समयमा हेर्न मिल्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस