२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बार परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले हिजो (बिहीबार) राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठाउन र जथाभाबी नबोल्न भन्दै धम्की दिएका थिए ।

उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए । अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

ढकाल काठमाडौँ महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीले बताएको छ ।

काठमाडौँ प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलेको छैन ।

यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए । उनीहरु मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।