१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाद्वारा गुरु नानक जयन्तीको शुभकामना

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

गुरु नानक जयन्तीका अवसरमा उनले शुभकामना सन्देश जारी गरी सिख धर्मावलम्बीले पवित्रस्थल ‘गुरुद्वारा’मा पूजाअर्चाना, भजन कीर्तनका साथ विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यस जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गरेका छन् ।

उनले गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले समाजमा देखिने विविध प्रकारका विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पुर्‍याउन गुरु नानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस