२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार राजनीति दल र छ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले आज सद्भाव व्याङ्क्वेटमा आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल एवं छ वडाध्यक्षले बहिष्कार गरेका छन् ।

विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आह्वान गरेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए ।

“राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेकाले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ”, उनले भने ।

नेपाली काँग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए । ‘नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएकाले हामी कार्यक्रममा सहभागी नभएका हौँ’, उनले भने । कूल ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै छ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन् ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए । विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनको भनाइ थियो ।