शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति : शिक्षामन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति : शिक्षामन्त्री


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताएका छन्।

फ्रान्सस्थित नेपाली जन प्रगतिशील मञ्चले हिजो (आइतबार) आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् ।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’, मन्त्री पौडेलले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेसा, व्यवसाय गर्ने वातावरण बन्दै छ ।’ युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ गएका उनी यही साता स्वदेश फर्कँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस