प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई सर्वोच्च परिसरमा प्रवेश निषेध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई सर्वोच्च परिसरमा प्रवेश निषेध


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ ।

आइतबारसम्म पत्रकारहरू सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने पास भएका पत्रकारहरूलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।

आज पास भएका र नभएका सबै पत्रकारहरूलाई प्रवेश गर्न नदिने बताइएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस