बुढानिलकण्ठबाट १६ जना जुवाडे पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बुढानिलकण्ठबाट १६ जना जुवाडे पक्राउ


२७ कार्तिक २०७८, शनिबार


पक्राउ

काठमडौँ । बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडै पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।

सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहितलाई पक्राउ गरेको हो।

खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका(४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका–११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।

उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस