प्रधानन्यायाधीश जबराले आजका लागि तोके आठ इजलास « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश जबराले आजका लागि तोके आठ इजलास


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आठ इजलासमा तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले शुक्रवार एकल इजलास र सात संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आज सबै खाले मुद्दाको पेशी तोकेका जबराले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् ।

बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गर्दै सर्वोच्च घेराउमा उत्रेको नेपाल बार एसोसिएसनले शुक्रवार प्रधानन्यायाधीश जबरालाई प्रवेशमा समेत रोक लगाउने बताउँदै आएको थियो तर जबरा अर्कै ढोकाबाट सर्वोच्च अदालत पसेका थिए ।

आज सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस