३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छः मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार आयोजित प्रभातफेरि र रक्तदान कार्यक्रममा सहभागी हुँदै मन्त्री कार्कीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिइन् ।

‘गोर्खापत्र’ प्रकाशनसँगै नेपाली पत्रकारिता जगत्ले क्रमिक रुपमा फड्को मारेको बताउँदै मन्त्री कार्कीले इमान्दार रुपमा गरिने पत्रकारिताले देश विकासका लागि ठूलो सहयोग पुग्ने हुँदा सोहीअनुरुप आफ्नो पेसा अघि बढाउन सम्पूर्ण प्रेस जगत्लाई आग्रह गरिन् ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अबका दिनमा विकास पत्रकारितामा जोड लिँदै समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले पत्रकार स्वयंमले आफूलाई देश विकासको संवाहकका रुपमा स्थापित गर्न सक्नुपर्ने धारणा राखिन् ।

नेपाल पत्रकार महासङ्का अध्यक्ष डा. महेन्द्र विष्टले परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्नका लागि पत्रकारिता जगत्ले ठूलो भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको उक्त प्रभातफेरि भृकुटीमण्डपबाट सुरु भई भूगोलपार्कसम्म पुगेको थियो । प्रभातफेरिमा अन्य सङ्घसंस्थाको पनि सहभागिता थियो । दिवसका अवसरमा करिब २० जनाले रक्तदान गरेका थिए ।

गत वर्षदेखि सुरु भएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यस वर्ष ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ कृष्णा ताम्राकार, विश्वबन्धुृ भण्डारी, नारायणप्रसाद शर्मा र मदनमणि दीक्षितलाई र ‘राष्ट्रिय पत्रकारिता सम्मान’ गणेशशेखर शर्मा, शिवबहादुर कार्की, सिराजुद्दिन खान र गजेन्द्रबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस