वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।

नेपाल बार एसोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिने लागेका हुन् ।

नेपाल बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस