२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाद्वारा फाल्गुननन्द जयन्तीको शुभकामना

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुननन्दको १३७औँ जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुननन्द जयन्तीका अवसरमा उनले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुननन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र सत्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

विशेष गरी पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने किराँत समुदायको शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । प्रधानमन्त्री देउवाले उनका प्रेम, अहिंसा, लैङ्गिक समानता तथा आध्यात्मिकताका सिद्धान्तले समाजमा आपसी सद्भाव र सहिष्णुता प्रवर्द्धन हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले फाल्गुननन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।