२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहास रच्दै न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा प्रवेश

अ+ अ-

आबुधावी । न्युजिल्यान्ड पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।

आबुधावीको शेख जायद स्टेडियममा इङ्ल्यान्डले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो। न्युजिल्यान्डलाई फाइनलमा पुर्‍याउन ड्रियल मिचेलले अर्धशतकीय पालि खेलेका थिए।

आक्रामक ब्याटिङ गरेका उनले ४७ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित ७२ रन बनाए। १३ रनमा दुई महत्वपूर्ण विकेट गुमाएको न्युजिल्यान्डलाई मिचेल र डेभोन कनवेले सम्हालेका थिए। उनीहरूले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। मिचेलले ७२ रन बनाउँदा कनवेले ४६ रनको पालि खेले। यस्तै जेम्स निसमले २७, मार्टिन गप्टिलले चार र कप्तान केन विलियम्सनले पाँच रनको योगदान दिए। इङ्ल्यान्डका क्रिस वोक्स र लाइम लिभिङटनले दुईरदुई विकेट लिए। यस्तै अदिल रसिदले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रनको योगफल खडा गरेको थियो। इङ्ल्यान्डका मोइन अलीले अर्धशतकीय पालि खेलेका थिए। ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा उनले अविजित ५१ रन बनाए। यसैगरी डाविड मालनले ४१, जोस बटलरले २९, लाइम लिभिङटनले १७ र जोनी बेयरस्टोले १३ रन बनाए। न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, इश सोधी र जेम्स निसमले एकरएक विकेट हात पारे।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो। यसअघिका संस्करणमा न्युजिल्यान्ड सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिए। न्युजिल्यान्ड समूह दुईको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। एकदिवसीय विश्वकप विजेता इङ्ल्यान्ड समूह एकबाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

टीट्वेन्टी विश्वकपअन्तर्गत बिहीबार पाकिस्तान र अस्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। दुबईमा हुने खेल साँझ ७ः४५ मा सुरु हुनेछ। पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलिया समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो।