काठमाडौँ । प्राइम कमर्सियल बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
हिजो (सोमबार) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ. व. २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३ प्रतिशत अर्थात् रु.१० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ ।
प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि योग्य शेयरधनीले दाबी गर्न पाउनेछन् ।







