कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’


१८ कार्तिक २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् ।

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्न निर्देशन दिँदै ठुलो भूगोल र कम जनसङ्ख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेकोसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस