कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ


१६ कार्तिक २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले आज ९मंगलबार० दिउँसो प्रदेश प्रमुख कलौनी समक्ष दाबी पेस गरेका थिए। जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस