काठमाडौँ । तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
आज (मंगलबार) देखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँ बसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो ।
खोपको यो कार्यक्रम आज (मंगलबार) र भोलि (बुधबार) दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।