२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दीपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे ।

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समाचारको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको बताए ।

प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहङ्कार र घमन्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए । नेपालीका यी महान् चाडले राष्ट्रिय एकता कायम गर्ने उनले बताए ।

शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढी पहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको सुनाए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अङ्गका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताइन् ।

पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारले पनि सत्य तथ्यमा आधारित भई समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराललगायतले नेपालीका यी चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।