काठमाडौँ । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानुन व्यवसायीबीच कुटाकुट भएको छ ।
आज (शुक्रबार) दिउँसो कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबिच कुटाकुट भएको हो ।
कानुन व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबिच कुटाकुट भएको थियो ।
चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिँ ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।