एमालेको स्थायी कमिटी बैठक आज « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेको स्थायी कमिटी बैठक आज


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक आज (बिहीबार) बोलाएको छ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज अपराह्न ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।

वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल गर्न लागिएको हो।

एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ।

राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका लगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिए।

एमालेले दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनमा गर्दै छ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ।

Tags :
प्रतिक्रिया दिनुहोस