न्यायाधीशहरूलाई जबराको जवाफ : प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्यायाधीशहरूलाई जबराको जवाफ : प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् ।

स्रोतका अनुसार जबराले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायपालिका बच्न सक्दैन ।’

जबराले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस