बजार अनुगमनमा कडाइ गर्दै काठमाडौँ महानगरपालिका « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बजार अनुगमनमा कडाइ गर्दै काठमाडौँ महानगरपालिका


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ। महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ ।

महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्ह: पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताइन् ।

महानगरले दसैँ यता भने नियमित अनुगमन जारी राखेको पनि उनले बताएकी छन् ।

‘खाद्यान्न, तेल, फलफूल, तरकारी, माछा, मासु सबैको अनुगमन प्रभावकारी बनाइएको छ । नीति, नियम नहुँदा बजार अनुगमनमा समस्या थियो । अनुगमन विभाग नै छुट्टै बनाइएको छ भने ऐन पनि बनेको अवस्था छ ।

फुटपाथ बजारले महानगरलाई अव्यवस्थित बनाएको छ । गाडारहित काठमाडौँ महानगर बनाउने योजनामा हामी छौँ । लुकीछिपी खोलिएका पसलहरुबाट उपभोक्ताहरु ठगिने गरेका छन्, उनीहरुबाट कर पनि उठ्दैन । अहिले महानगरलाई बजार अनुगमन गर्न हम्य–हम्य छ ।’, खड्की बताउँछिन् ।

काठमाडौँ महानगरले व्यवस्थित बजार अनुगमनका लागि एउटा वडालाई नमुना बजार बनाएर सुरु गर्ने उपप्रमुख खड्कीले बताइन्।

महानगरले यो वर्षको प्रथम चौमासिक अन्तर्गत साउनदेखि असोज मसान्तसम्म गरेको ३० वटा व्यापारिक संस्थाहरुको अनुगमनमा दुई जनालाई कारबाही गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस