काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जिपलाइन खेल्न धुलिखेल पुगेका छन् ।
आज (शुक्रबार) पारिवारिक भ्रमणमा रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।
परिवार सहित धुलिखेल पुगेका प्रचण्डले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।
साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।
काठमाडौँबाट करिब ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दुरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ ।








