जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन


२३ आश्विन २०७८, शनिबार


पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन्।

मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले हिजो (शुक्रबार) साँझ यादवको पुत्ला दहन गरेका हुन्।

प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए।

शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वर भूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ।

यस्तै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्। ६ महिना लामो मधेश आन्दोलनको अगुवाइ गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस