२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयन दर्तामा उक्त उम्मेदवारी परेको हो ।

प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा (एमाले)बाट विद्यासुन्दर शाक्य, नेकपा (माओवादी केन्द्र)बाट सर्वोत्तमदास डङ्गोल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट शिवहरी रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा निर्मलकुमार थापा, नेपाल मजदूर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ छन् । ।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्र बहादुर लिम्बु, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डव बहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै उपप्रमुख पदमा काँग्रेसबाट हरीप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमार पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसीले उम्मेदवारी दिएका छन् ।

यस्तै स्वतन्त्रमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जनले पनि उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै वडा अध्यक्ष र सदस्य पदमा एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिएका छन् ।

सपनाः देशकै नमुना शहर

त्यसैगरी मेयरका उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने बताएका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा विभिन्न राजनीतिक दलका प्रमुखका आकांक्षीहरुले उक्त कुरा बताएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाको उम्मेदवार बन्नुभएका राजुराज जोशीले भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले भने–“संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा पार्क निर्माण गर्ने बताए ।

नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँस्वरुप दिने प्रतिक्रिया व्यक्त गर्छन् । उनले महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने बताए । भने “काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु ।”

नेकपा (माओवादी केन्द्र)बाट महानगरपालिकाको प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोलले आफू निर्वाचित भए काठमाडौँको स्वरुप परिवर्तन गर्ने बताए । उनले भने, “विगतमा काँग्रेस एमालेका प्रमुख आए तर केही काम गर्न सकेनन् त्यसैले मैले काम गर्नका लागि उम्मेदवार दिएको हुँ ।” सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुख पदको उम्मेदवार पवित्र बज्राचार्यले जनताको जित सुनिश्चित गर्नुका साथै काठमाडौँलाई नयाँ स्वरुप प्रदान गर्न आफ्नो उम्मेदवार रहेको बताए ।

0 Comments