२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा : नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताएका छन् । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुँदै उनले पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गरे ।

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । “लोकतान्त्रिक अभ्यास अवलम्बन गरकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ”, उनले भने । कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्दै उनले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताए ।

‘कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,’ पौडेलले भने,’कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।’ पार्टीँसँगै समाजलाई लोकतान्त्रिकरण गर्ने अभियानमा आफू लागि परेको उनले स्पष्ट पारे । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडलले बताए । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उनले सुनाए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेता रामचन्द्र पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा आँबुखैरेनी गाउँ कार्यसमितिका नवनिर्वाचित सभापति विष्णु पन्तलगायत पदाधिकारी एवं सदस्यलाई पदस्थापन गराइएको थियो ।