महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउँछ : गृहमन्त्री खाँण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउँछ : गृहमन्त्री खाँण


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको १४ औँ महाधिवेशनले पार्टी भित्रैको एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

वडा अधिवेशन सुरु हुनुअगाडि शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री खाँणले सक्षम नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन्।

वडा तहमा आउने नेतृत्वले पनि मुलुकको राष्ट्रियता, सङ्घीयता र गणतन्त्र लगायतका विषयलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।

उनले काँग्रेस कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुने गरेको उल्लेख गरेका छन्। महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास आफूले लिएको खाँणको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस