गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ


१६ असार २०७८, बुधबार


पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिएका छन् ।

उनीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको थियो । बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस