२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरिको बजेट दुई अर्ब ४४ करोड

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले रु दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८÷०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरिन् ।

चन्द्रागिरीले आव २०७८/०७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट रु एक अर्ब ४८ करोड ८५ लाख र सङ्घीय सरकार वित्तिय हस्तान्तरणबाट रु ६८ करोड ३१ लाख २६ हजार, प्रदेश सरकारबाट रु नौ करोड सात लाख आठ हजार र सामाजिक सुरक्षा भत्तावापत रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ आय हुने जनाएको छ ।

यस्तै, व्ययको चालूतर्फ रु ६५ करोड ६० लाख ७१ हजार, पुँजीगततर्फ रु एक अर्व १८ करोड ८५ लाख ७० हजार, नेपाल सरकारको तर्फबाट शशर्त अनुदान रु ३४ करोड ७९ लाख, प्रदेश सरकारको शशर्त अनुदान रु ६ करोड ९८ लाख २३ हजार र सामाजिक सुरक्षातर्फ रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ खर्च हुने जनाएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी आवको बजेटले कोरोनाको सम्भावित नयाँ भेरियन्ट, खोप र अस्पतालमा अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकता दिने बताए । नगरपालिकाका प्रमुख घनश्याम गिरिले ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’को नारालाई पूरा गर्नका लागि आफूहरूले आगामी आवमा नीति, कार्यक्रम र वजेटलाई प्राथमिकतामा राख्ने बताए ।

स्वास्थ्यबाहेक बजेटमा शिक्षा र नगरपालिकाभित्र हुने सम्भावित विपद्का घटनालाई प्राथमिकतामा राखेर बजेट सिलिङ निर्माण गरिने नगरप्रमुख गिरिको भनाइ छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस