२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्ह गरे ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालमया आयोजित समारोहमा निर्देशन दिँदै उनले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।

प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गरे।

उनले हिंसात्मक गतिविधि, जघन्य, साइबर, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेका कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न पनि सुझाव दिए ।

घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले आर्थिक अनुशासनप्रति संवेदनशील हुनुपर्ने बताए ।

गृह मन्त्रालयले हालै १९ प्रहरी नायब महानिरीक्षक र १५ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जस अनुसार सातै प्रदेशका प्रहरी प्रमुख समेत फेरिएका छन् ।