नदीले बगाएर बेपत्ता भएकाे बालकको शव फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नदीले बगाएर बेपत्ता भएकाे बालकको शव फेला


२ असार २०७८, बुधबार


ढल

सप्तरी । यहाँ आज बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ।

खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्तोषलाई नदीमा आएको बाढीले बगाएको सप्तरी प्रहरीले जनाएको छ ।

नदी पारि खेतमा काम गरिरहेका दाजु सुनिललाई भात पुर्याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको परिवारका सदस्य रामशंकर भण्डारीले बताए ।

बगाएको केही घण्टापछि सन्तोषलाई भारत विहार राज्यको बलानपट्टी गाउँका व्यक्तिले नदीबाट निकालेका छन् । नदीबाट निकाल्दा सन्तोषको मृत्यु भइसकेको परिवारका सदस्यले बताए ।

शव परीक्षणका लागि सिरहाको लहान लगिएको स्थानीयवासी अशोक यादवले जानकारी दिएइ ।

Tags :
प्रतिक्रिया दिनुहोस