२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाएका छन् । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस चारघरे) मा जन्मेका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति हुन् ।

पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील भएका थिए ।

कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनले पटक पटक जेल जीवन समेत व्यतित गरेको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस