आलोपालो कक्षा चलाउन विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आलोपालो कक्षा चलाउन विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस