आमा तिमी महान छौ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आमा तिमी महान छौ


१९ चैत्र २०७३, शनिबार


संसारकी सबै भन्दा राम्री मेरी आमा
कसरी भुल्नसक्छु हसिलो मुहार उनको ।
जति थाके पनि खुवाउन छोडिनन् उनले
जति रिसाए पनि मुख मोडिनन् उनले ।

हो आमा, मैले पिडामा तिमिलाई दिएका अलिकति आँशु ।
मेरो पछुतोको ज्वालाबाट निस्केका अलिकति आँशु
अञ्जलिमा संचित गरि हाँसोमा परिणत गर्ने कसम खाएकि छु मैले ।

तिम्रो अपार मायाले तिम्रो शितल छाँयाले
मलाई ठूलो हुरिबाट ओत लाग्न सघाउँछ ।
तिम्रो सानो हत्केलामा मेरो ठूलो भविष्य बोक्दा ।
तिम्रो कोमल हृदयमा मेरो ठूलो तस्बिर राख्दा ।
तिमिलाई कति गार्हो हुँदो हो ।

हो आमा,
मलाई लोरी गाउँदै सुताउदै भन्ने गथ्र्यौ ।
वीर गोरखालीकी छोरी हौ तिमी ।
परचक्रीसँग हार खानु हुदैन तिमीले ।
स्वाभिमानको लडाइँबाट भागेर जानु हुँदैन तिमीले ।
दुई ढुङ्गावीचका तरूल हैनौ तिमी ।
बरू ढुङ्गाका वीचमा उम्रिएको पिपलको
वृक्ष हुन सक्छौ ।
जसका जराले ती ढुङ्गालाई चिरा चिरा पारिदिन सक्छ ।

हो आमा,
मलाई लोरी गाउँदै सुताउँदै भन्ने गथ्र्यौ ।
छोरी सुत्दा चनाखो भएर सुत्नु ।
तिम्रा वरिपरीका सम्पन्न लुटेराहरूले
तिम्रो जमिन लुटिदिन सक्छन् ।
तिम्रो स्वाभिमान कुल्चिदिन सक्छन् ।
तिम्रो अस्मिता खोसिदिन सक्छन् ।

मेरो लास जलाउँदा छ फिट जग्गा पनि भाडामा लिनुपर्ने हुन सक्छ ।
तिम्रो आफ्नै राष्ट्रियताको भिक माग्नु पर्ने हुन सक्छ ।

हो आमा,
तिमी मलाई असल छोरा भएको देख्न चाहन्छौ
तिमी मलाई स्वाभिमानी छोरा भएको देख्न चाहन्छौ ।
र त भन्छु आमा तिमी महान् छौ ।

Tags :
प्रतिक्रिया दिनुहोस