२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा छुट्टा-छुट्टै दुर्घटनामा परी दुईको मृत्यु

अ+ अ-

वाग्मती । मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एकको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।

वाइवा छारेरोगका बिरामी रहेको बताइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

बकैयामा आजै ट्र्याक्टर दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका-१७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया-७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताए।

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना६त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।