२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय

अ+ अ-

काठमाडौँ । गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। उनले गोंगबुका एक होटलमा बस्दै आएका  कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याकेको पुष्टि भएपछि आजीवन कारावासको सजाय सुनाएको हो ।

जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए।

शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।

शव भेटिएको केही दिन पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार : गोंगबु हत्याकाण्ड : कृष्णले नक्कली फेसबुक आईडी बनाएर दुःख दिन थालेपछि हत्या गरेको कल्पनाको बयान