पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।
सोमबार (आज) प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीले आफूमाथि हरेक हिसाबले हमला भइरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सम्पूर्ण रुपले ममाथि प्रहार भइरहेको छ । तीव्र रुपमा प्रहार भइरहेको छ । शारीरिक नै पनि हुनसक्छ । यदि त्यसो भएर ज्यान तलमाथि भयो भने अनौठो नमान्नुस् ।’