२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको निधन, देउवाद्वारा श्रद्धाञ्जली

अ+ अ-

काठमाडौँ। समाजसेवी तथा राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । डा. उप्रेतिको निधनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गरेका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनबाट निःशुल्क उपचार पाउने गरेका थिए ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोग्नुपरेको थियो ।
भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा। उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।

झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौँमा बस्दै आएका थिए ।

उनले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्रा, राजनीतिक उहापोह र व्यापारिक बन्दै गएको समयको झलक समेटिएको छ ।

डा.उप्रेतीको निधनमा राजनीतिककर्मीका साथै साहित्यकार र नागरिकहरूले पनि शोक व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन्। सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।