२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको तारकेश्‍वरमा बर्ड फ्लु देखियो

अ+ अ-

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग(एच५एन८) पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंकमण समेत गरिसकिएको पनि महानिर्देशक श्रेष्ठले बताइन् ।

यसअघि तारकेश्वरमा माघ दोस्रो र अन्तिम सातामा बर्ड फ्लु देखिएको थियो ।

एक महिनादेखि काठमाडौँको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्ड फ्लु भेटिँदै आएको छ ।