२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आध्यात्मिक चिन्तन गर्न मालपोत कर्मचारीलाई सचिव पाण्डेको सुझाव

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गरे।

‘आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन,’ कर्मचारीप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ। औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला।’

हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासी खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताए। यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो। शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ।’ हरेकलाई सावधानी अपनाएर काम गर्न उनले सचेत गराए।