२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पनौती नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आ–आफ्नो क्षेत्रमा भएका नमूना कामको सिकाइ आदान–प्रदान गर्दै मित्रवतरूपमा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौतीका नगरप्रमुख भीम न्यौपानेबीचमा छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो ।

दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्विपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कामको सिकाइ आदान–प्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रणनीतिक सम्बन्धको संयुक्त घोषणापत्र निर्माण गरिएको हलेसी तुवाचुङका नगरप्रमुख राईले बताए ।

दुई नगरपालिकाबीचमा दुवै पक्षले आ–आफ्नो परिधि तथा नियम कानूनमा रही धर्म, संस्कृति, पर्यटनलगायत सफलतम नमूना कार्यको सिकाइ आदान प्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्नरत रहने, सान्दर्भिक सूचना आदान–प्रदान गरी निकट सम्बन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारी व्यवस्थापन सम्बन्धमा आवश्यक नीति, कानून, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्नरत रहने सम्झौता–पत्रमा उल्लेख छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका समग्र विकासका लागि विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिक्किमको नाम्ची नगरपालिका र राङ्का राईगाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।