काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत गरी ९ करार सेवामा कर्मचारी माग गरेको छ ।
बोर्डले मंगलबार(आज) एक सूचना प्रकाशित गर्दै ४ जना मेडिकल अधिकृत र ५ जना फार्मेसी अधिकृत माग गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता पुगेको २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।
