२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको मागप्रति सकारात्मक छौँ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको शुरु तलब स्केल पारिश्रमिक लागू गर्नुपर्नेलगायत मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घ गण्डकी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले प्रदेश सरकारबाट पूरा गर्न सकिने माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारका केही कार्यालयमा अझै पनि सरकारले तोकेको शुरु तलब स्केल पारिश्रमिक लागू गर्नुपर्ने मागप्रति उनले भने, ‘प्रदेशभित्रका कार्यालयमा सरकारले तोकेको शुरु तलब स्केल कहाँ कहाँ उपलब्ध भएको छैन हामीलाई जानकारी दिनुहोस्, हामी पनि हेछौँ र तत्काल पूरा गर्न पहल गछौँ ।’

मुख्यमन्त्री गुरुङले श्रमिक सङ्घका कतिपय माग लोकसेवा आयोगसँग सम्बन्धित रहेको र प्रदेश लोकसेवा आयोग नबनिसकेकाले तत्काल सम्बोधन गर्न नसकिने भए पनि सोका बारेमा आगामी दिनमा थप छलफल गरिने स्पष्ट पारे ।

सङ्घले राज्यकोषबाट तलब खाइरहेका अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी लोकसेवा खुला गराई एकपटकका लागि स्वतः स्थायी गर्न पहल गर्ने र निजामती कर्मचारीको समायोजन तथा पदस्थापना गर्दा करार र अस्थायीलाई नहटाउने व्यवस्था गर्न माग गरिएको सङ्घका प्रदेश अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

सरकारले तोकेको शुरु स्केल पारिश्रमिक लागू गर्न तथा उनीहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन, सम्पूर्ण अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई रोजगारीको ग्यारेन्टी गरी उपदान र औषधि उपचार खर्च कानून बनाइ सम्बोधन गर्न माग गरिएको छ ।

यसैगरी सङ्घले सरकारी कार्यालयमा ठेकेदारीबाट कर्मचारी भर्ना गर्ने प्रथा तत्काल अन्त्य गरी कार्यालयलाई कर्मचारी आवश्यक भएमा कार्यालयबाट नियुक्ति दिई भर्ना गर्ने व्यवस्था मिलाउन र कार्यालय समयभन्दा बढी समय काम गरेमा उचित पारिश्रमिकको व्यवस्था मिलाउन माग गरिएको सङ्घका प्रदेश सहइञ्चार्ज गुण्डा श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस