२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ ।

नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ ।

यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९।९९ प्रतिशतले कमाए ।

यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।