२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी दूतावासमा काश्मिर ऐक्यबद्धता दिवस मनाइयो

अ+ अ-

काठमाडौँ । यहाँस्थित पाकिस्तानी राजदूतावासले काश्मिरीहरूको जनमतसङ्ग्रहको चाहनाप्रति ऐक्यबद्धता जनाउँदै ऐक्यबद्धता दिवस मनाएको छ । त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत तोकिएका सैद हैदर शाहले सात दशकभन्दा बढी समयदेखि समाधान नभएको काश्मिर विवाद जनमतसङ्ग्रहबाट समाधान गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति राष्ट्रसङ्घसमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

उनले विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका विश्व संस्थाले पनि आफ्नो उत्तरदायित्वबाट विमुख हुन नहुने विचार व्यक्त गर्दै काश्मिर समस्या समाधान गर्न अन्तरराष्ट्रिय समुदायको प्रभावकारी भूमिकाको अपेक्षा पाकिस्तानले गरेको बताए ।

सन् १९४८ मा राष्ट्रसङ्घ सुरक्षा परिषद्ले काश्मिरमा जनमतसङ्ग्रह गराउने प्रस्ताव पारित गरेको तथा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको वास्तविकता प्रस्तुत गर्दै उनले राष्ट्रसङ्घको पारित प्रस्ताव कार्यान्वयन हुनुपर्ने दोहोर्‍याए ।

त्यसअघि काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मेहमुद कुरेसीले जारी गरेको सन्देश वाचन गरिएको तथा काश्मिरको पछिल्लो स्थिति झल्किने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत पाकिस्तानबीचको विवाद चाँडो अन्त्य हुनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा पत्रकारको उपस्थिति थियो ।