पौने तीन लाख घुससहित यातायात कार्यालयका कर्मचारी रङ्गेहात पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पौने तीन लाख घुससहित यातायात कार्यालयका कर्मचारी रङ्गेहात पक्राउ


१४ माघ २०७७, बुधबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका एक कर्मचारी पौने तीन लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्ने राज किशोर भगतलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

कापरले यातायात व्यवस्था कार्यालय जनकपुरधाममा ‘स्काभेटर र लोडर’को सवारी चालक अनुमति पत्र वितरणका क्रममा अन्तिम परीक्षाका परीक्षार्थीबाट अतिरिक्त रकम उठाएको आयोगको दाबी छ ।

आयोगको टोलीले कापरको कोठाबाट दुई लाख २३ हजार आठ सय ५० रुपैयाँ र बिचौलियाको काम गर्ने जनकपुर उपमहानगरपालिका–१० का राज किशोर भगतको साथबाट परीक्षार्थीको नाम र दर्ता नम्बर भएको कागजातसहित ५० हजार रुपैयाँ नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई कार्यालयबाटै नगद दुई लाख ७३ हजार आठ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस