बलात्कारको आरोपमा मन्थली नगरपालिका-१० का वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बलात्कारको आरोपमा मन्थली नगरपालिका-१० का वडाध्यक्ष पक्राउ


११ माघ २०७७, आइतबार


पक्राउ

भक्तपुर । रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरत बोहरा अहिले भक्तपुर प्रहरीको हिरासतमा छन्।

एक महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका वडाध्यक्ष बोहोरालाई भक्तपुर प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थलीस्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ ३ गते उजुरी दिएपछि फरार बोहोराको प्रहरीले खोजी गरेको थियो ।

प्रहरीले आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस