२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाहाल-नेपाल समूहको प्रदर्शनको प्रभाव : उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका लागि दाहाल-नेपाल समूहका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला भएका छन् । यसैकारण काठमाडौँ उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट डाईभर्सन गरिएको छ ।

काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ । ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्‍यालि निकाल्ने क्रम सुरु भएको छ ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाडौँका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको दाहाल-नेपाल समूहले अहिले काठमाडौंको भृकुटीमण्डप ‘वान वे’ सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।

नेकपाको दाहाल-नेपाल समूहले आज बिहान ११ बजे काठमाडौँका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेका हुन् ।